शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सप्तकोशीमा पानीको बहाव बढ्यो, पुलमा राखियो रातो झन्डा

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

सोमबार १९ साउन २०८२

राजविराज / सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षाले सप्तकोशी नदीको २६ ढोका खोलिएको छ।

आइतबार बिहानदेखि पानीको बहाव वृद्धि भइरहँदा दिउँसो साँझ ५ बजेसम्म  गरिएको मापनअनुसार पानीको बहाव १ लाख ८९ हजार ३ सय ९० क्यूसेक प्रतिसेकेन्ड पुगेको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार कोशीमा पानीको बहाव अझ बढ्दो क्रममा जारी रहेको छ। पानीको बहाव वृद्धि भइरहँदा खतराको संकेतस्वरूप कोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ भने २६ वटा ढोका खुला गरि सकिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x