शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

जाँचबुझ आयोगले भोलि प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाउने

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

शनिबार २३ फागुन २०८२

काठमाडौ / गत भदौंमा जेनजी युवाले गरेको आन्दोलनमा भएको दमन र विध्वंशको बारेमा जानबुझ गर्न गठन भएको जाँचबुझ आयोगले आइतबारसम्ममा प्रतिवेदन बुझाउने भएको छ ।

प्रतिवेदनलाई अन्तिम रुप दिन आयोगका पदाधिकारीहरु सिंहदरबारस्थित कार्यालयमा बसिरहेको जनाइएको छ। अनुसन्धानका क्रममा संकलन भएका प्रमाण र दस्तावेजहरूलाई वर्गीकरण गरेर आयोगको सचिवालयले शिलबन्दी गर्ने काम गरिरहेको छ । ती कागजात पनि आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउने जनाएको हो ।

गत २३ भदौमा जेनजी आन्दोलनमा भएको दमनको बारेमा जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन भएको छ । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविज्ञ विश्वेश्वर भण्डारी सदस्य रहेका हुन् ।source news of nepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x