बुधबार, जेष्ठ २०, २०८३
Wednesday, June 3, 2026

भारत भ्रमणमा रवि लामिछाने,भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

मङ्गलबार १९ जेठ २०८३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन्।
पाँचदिने भारत भ्रमणमा रहेका लामिछाने र शाहबीच केहीबेरअघि भेट भएको हो। भेटमा नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा दुई देशबीचको पारस्परिक हितका विषयमा छलफल भएको बताइएको छ।
भेटका क्रममा गृहमन्त्री शाहले लामिछानेलाई राजनीतिक यात्राको सफलताका लागि शुभकामना व्यक्त गर्दै नेपाल–भारतबीचको ऐतिहासिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
यसैगरी, दुवै नेताले द्विपक्षीय सम्बन्धलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।
भारत भ्रमणकै क्रममा लामिछानेले एस जयशंकर तथा नितिन नवीनसँग पनि भेटवार्ता गरेका छन्। उनी भारतीय जनता पार्टी (भारतीय जनता पार्टी)को निमन्त्रणामा भारत पुगेका हुन्।
रास्वपाले यस भ्रमणलाई नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास तथा राजनीतिक अनुभव आदानप्रदानका दृष्टिले महत्वपूर्ण रूपमा लिएको जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x