सेनालाई सुकुम्बासीको लगत नदिन पालिकालाई हर्क साम्पाङको आग्रह

बुधबार १६ बैशाख २०८३
काठमाडौं / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले स्थानीय तहलाई नेपाली सेनालाई सुकुम्बासीहरूको लगत उपलब्ध नगराउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले सुकुम्बासीको विवरण माग्ने अधिकार सेना वा प्रहरीसँग नभएको बताएका छन्। उनले सेनाबाट लगत मागिनु गलत भएको उल्लेख गर्दै यसले अनावश्यक त्रास सिर्जना गर्न सक्ने टिप्पणी गरेका छन्। “सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनु होला। सुकुम्बासीको लगत माग्ने निकाय सेना र प्रहरी होइनन्। यो सरासर गलत छ,” उनले लेखेका छन्। साम्पाङको यस अभिव्यक्तिले सुकुम्बासी व्यवस्थापन, स्थानीय सरकारको अधिकार क्षेत्र र सुरक्षा निकायको भूमिकाबारे पुनः बहस सुरु हुने देखिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE