शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

लघुवित्त पीडितसँग आज पुनः वार्ता हुँदै

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

शुक्रवार २ चैत २०८०

काठमाडौं / आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिसँग आज पुनः वार्ता हुँदै छ। अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग पुनः वार्ता गर्न लागेको हो।

यस अघि बिहीबार भएको वार्तामा आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिले उठाएका मागहरुका सम्बन्धमा छलफल भएको थियो। पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफल भएको छ।

मन्त्रालयद्वारा गठित वार्ता समितिले बिहीबार नै सहमतिका लागि प्रयास गरेपनि लघुवित्त पीडितहरुले आज शुक्रबारसम्मको समय मागेपछि विहिबारको छलफल सकिएको थियो। द्विपक्षीय छलफलमा लघुवित्त पीडितका समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकबाट भएको प्रयास बारे जानकारी गराईको थियो।

‘‘आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिले उठाएका मागहरुका सम्बन्धमा छलफल भएको छ । पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफल पछि दुवैपक्ष सहमति नजिक पुगेका छन्’’, अर्थमन्त्रीको निजी सचिवालयले भनेको छ ।

त्यस्तै, राष्ट्र बैंकको नियमनभित्र रहेका लघुवित्त संस्थाहरुले तोकिएको भन्दा बढी ब्याज र सेवाशूल्क नपाउने व्यवस्था कडाईका साथ लागू भइरहेको जानकारी पनि राष्ट्र बैंकले गराएको छ। कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरणलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ।

नियामक नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तिय संस्थाहरुमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग पीडितहरुले उठाउँदै आएका छन्।  डिसि नेपाल

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x