शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

भोलिसम्म राजीनामा दिन प्रधानमन्त्रीलाई एमालेको आग्रह 

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares
मंगलबार १८ असार २०८१

काठमाडौं / नेकपा एमालेले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएकाे सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न  बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

एमालेले कांग्रेससँग भएको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सरकारको नेतृत्वमा आलोपालो गर्ने र सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको दुवै दलका नेताहरुको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x