काठमाडौं / काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले आज पक्राउ पुर्जी जारी गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछानेलाई काठमाडौं झिकाएर अनुसन्धान गर्नेछ । यसअघि लामिछानेलाई कास्कीबाट रुपन्देही झिकाएर बयान लिईएको थियो । सहकारी ठगी प्रकरणमा लामिछाने गत कार्तिक २ गते काठमाडौंकोस्थित् पार्टी कार्यालयबाट पक्राउ परेका हुन् ।file foto
WRITE COMMENTS FOR THIS ARTICLE