शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

प्रधानमन्त्रीजीले संसदको प्रश्नोत्तर कार्यक्रमको धज्जी मात्र उडाउनुभएको छैन, सिङ्गो संसद र जनताको अपमान गर्नु भएकोछ: प्रभु साह

  • 160
  •  
  •  
  •  
  •  
  •  
  •  
    160
    Shares

 

आइतबार ४ फागुन २०८१
काठमाडौं / आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली प्रश्नबाट भागेको टिप्पणी गरेका छन् ।

आज फेसबुक संजालमा स्टाटस लेख्दै उनले देश र जनता संग जोड़िएको प्रश्नबाट भागेर प्रधानमन्त्रीजीले संसदको प्रश्नोत्तर कार्यक्रमको धज्जी मात्र उडाउनुभएको छैन, सिङ्गो संसद र जनताको अपमान गर्नुभएको छ । साहले लेख्छन, उहाँको व्यवहार, शैली र प्रस्तुति कानूनी शासनको समेत उपहास हो । म प्रधानमन्त्री ओलीलाई प्रश्न गर्न चाहन्छु– लोकतन्त्रमा प्रश्नको जवाफ नदिएर कति दिनसम्म भाग्नुहुन्छ ?

साहले प्रधानमन्त्री ओलीलाई सोधेको प्रश्नमा अवैध हुण्डी कारोबार, वैदेशिक रोजगारीको नाममा भइरहेको युवा पलायन, वैदेशिक रोजगारीमा युवाहरुले भोग्नु परेको समस्या, लक्ष्यअनुसार राजश्व उठ्न नसक्नुको कारण, देशको प्रतिष्ठामा आँच आउनेगरी प्रधानमन्त्रीले नै बोलेको लगायतको आरोपहरुसमेत समावेश थियो ।

राजधानी जोड्ने सबै राजमार्गहरु अस्तव्यस्त रहेको र वासविहीनहरुलाई घर बनाउन सुरक्षित आवास भनेर सरकारले जम्मा ७५ हजारमात्रै दिएर मजाक गरेको उनले प्रश्न उठाएका थिए ।

साहले ‘नेपाली नागरिकता परित्याग गरि विदेशी नागरिकता लिनेको संख्या कति छ ? उनीहरूको पैतृक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ । ती अवैध सम्पत्तिलाई राज्यको स्वामित्वमा ल्याउन तपाईँले के के गर्नुभयो ? खुलेआम हुण्डीबाट ती अवैध सम्पत्तिलाई विदेश लैजाँदा रोक्न नसक्ने सरकारलाई हामीले के भन्ने सक्षम वा असक्षम ? अवैध सम्पत्तिलाई स्वदेश फिर्ता ल्याउने तपाइको योजना के छ ? १७ लाख भन्दा बढी युवाहरू अहिले वैदेशिक रोजगारीमा छन् । उनीहरूको श्रम सम्झौता अनुसार प्रत्येक वर्ष ४० अर्ब रेमिट्यान्स आउनुपर्ने हो।  तर यो वर्ष १४ अर्ब मात्रै आउने देखिन्छ । नेपालीले विदेशमा खुन पसिना बगाएको पैसा कालोधनसँग साट्दा सरकार किन चुप छ ? सरकारले कर आतंक मच्चाएको छ । भारतबाट निम्ता नआउँदा पनि  भरत भ्रमणमा जान प्रधानमन्त्रीज्यू किन खोजिरहनु भएको छ  ?’ भनेर प्रश्न सोधे ।

प्रधानमन्त्री ओलीले अध्यक्ष साहको प्रश्नहरु अपमानजनक रहेको बताए । उनले संसद्जस्तो गरिमामय ठाउँमा अपमानजनक भाषा प्रयोग गरेको भन्दै उनले प्रश्नको उत्तर दिन आवश्यक नै नरहेको जवाफ दिएका थिए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x