विश्वकप लिग–२ : नेपाल र ओमानबीच आज प्रतिस्पर्धा

बुधबार १६ बैशाख २०८३
काठमाडौं / लआइसिसि अन्तर्गतको क्रिकेट विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
खेल बिहान ९:३० बजे त्रिवि क्रिकेट मैदान मा सुरु हुनेछ।
आठ टिम सहभागी यस प्रतियोगितामा नेपाल हाल पुछारबाट दोस्रो स्थानमा रहेको छ। प्रतियोगिताका शीर्ष चार टोलीले एकदिवसीय विश्वकपको ग्लोबल छनोट खेल्ने प्रावधान रहेको छ भने पुछारका चार टोलीले प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ।
यसकारण घरेलु मैदानमा जारी शृङ्खलामा नेपाल चारै खेल जित्दै शीर्ष चारमा पर्ने सम्भावना कायम राख्न चाहन्छ। नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गरिसकेको छ र आज ओमानविरुद्ध पनि जितको लय कायम राख्ने लक्ष्यमा छ।
अहिलेसम्म नेपालले २१ खेलबाट १४ अंक जोडेको छ। ओमान भने २५ खेलमा २९ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ।
नेपाल र ओमानबीच हालसम्म आठ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भइसकेका छन्। तीमध्ये नेपालले तीन, ओमानले चार खेल जितेका छन् भने एक खेल रद्द भएको थियो।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE