सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

महाधिवेशन तयारीमा नेपाली कांग्रेस : ७७ जिल्लामा सदस्यता अभियान सञ्चालन हुने

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

शनिबार २१ चैत २०८२
काठमाडौं । नेपाली कांग्रेस ले १५औँ महाधिवेशनको तयारीलाई औपचारिक रूपमा अगाडि बढाएको छ। केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टीले शनिबारदेखि महाधिवेशन केन्द्रित प्रक्रिया सुरु गरेको हो।
महाधिवेशन तयारीलाई केन्द्रमा राख्दै पार्टीले ‘जरा अभियान’ सञ्चालन गरेको छ। कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले उक्त अभियानमार्फत संगठन सुदृढीकरण, नागरिकसँग प्रत्यक्ष संवाद र सामाजिक गतिविधिमा पार्टीको सक्रियता बढाउने उद्देश्य रहेको बताए।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले जरा अभियानले महाधिवेशन तयारीसँगै सांगठनिक सुधार र जनसम्पर्कलाई सुदृढ गर्ने उल्लेख गरे। उनका अनुसार, देशभरका ७७ वटै जिल्लामा प्रतिनिधि खटाई अन्तरक्रिया तथा संवाद कार्यक्रम सञ्चालन गरिएको छ।
महामन्त्री पौडेलले वैशाख महिनाभर ती प्रतिनिधिहरू सम्बन्धित जिल्लामै रहेर सदस्यता अभियान सञ्चालन गर्ने जानकारी दिए। यसअन्तर्गत पुराना सदस्यता अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने र विधानअनुसार प्रक्रिया कार्यान्वयन गरिनेछ।
त्यसैगरी, प्रतिनिधिहरूलाई जिल्लामा गर्ने काम र जिम्मेवारीबारे स्पष्ट निर्देशनसमेत दिइएको उनले बताए।
कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकबाट आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित गरेको थियो।
कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फाराम वडा तहसम्म पठाइने र सदस्यता वितरणका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइने व्यवस्था गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x