शनिबार १३ मंसिर २०८२
काठमाडौं / नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भोलिको लागि बोलाईएको बैठक एक दिन पर सरेको छ । भोलि (आइतबार) दिउँसो २ बस्ने भनिएको अब मंसिर १५ गते सोमबार दिनको २ बजे बस्ने भएको हो ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको १५औं महाधिवेशनको विषयमा कांग्रेसभित्र विवाद उत्कर्षमा छ ।







WRITE COMMENTS FOR THIS ARTICLE