शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

निर्वाचन आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्दै 

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

बिहीबार ८ माघ २०८२

काठमाडौं / निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्ने तयारी गरेको छ।

मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारहरूको नामावली आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिने आयोगले जनाएको छ।

मंगलबार साँझसम्म मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी दर्ता गरेको थियो। बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी संकलन गरिएको हो।

आयोगका अनुसार दर्ता भएका उजुरीहरूको बुधबार साँझ नै जाँचबुझ सकिएको छ। सोही आधारमा आज उम्मेदवारहरूको नामावली सार्वजनिक गर्न लागिएको हो।

निर्वाचन कार्यतालिकाअनुसार माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

साथै, माघ ९ गते दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x