शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

सोमबार १४ बैशाख २०८३
काठमाडौं । नेपाली कांग्रेस को प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत रूपमा चयन भएका छन्।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसे ले जानकारी दिए। उनका अनुसार संसदीय दलको नेतृत्व चयनका विषयमा देखिएको चासो र प्रश्नहरूलाई मध्यनजर गर्दै सहमतिमै टुंगो लगाइएको हो।
चालिसेले पार्टीको विधान समयानुकूल परिमार्जन गर्न आवश्यक देखिएकाले केही ढिलाइ भएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासभित्र सर्वसम्मति पनि निर्वाचन प्रक्रियाको एक अंग भएको बताए।
यसैबीच कांग्रेसले संसद् छलेर अध्यादेश ल्याउने सरकारी कदमप्रति असन्तुष्टि जनाएको छ। संसद् बोलाएर फेरि स्थगित गर्ने र अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति लोकतान्त्रिक मर्यादाविपरीत हुने पार्टीको धारणा छ।
वि.सं. २०६४ पछि पहिलोपटक संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन भएको हो। समानुपातिक सांसद रहेका आङ्देम्बे पार्टीको १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए।
सभापति गगन कुमार थापा को कार्यशैलीप्रति समर्थन जनाउँदै आएका आङ्देम्बेले अब संसद्मा कांग्रेसको संसदीय मोर्चाको नेतृत्व गर्नेछन्। २०७० सालको संविधानसभा निर्वाचनमा पाँचथर–२ बाट निर्वाचित भई उनले संसदीय अनुभव हासिल गरिसकेका छन्।
उनको चयनलाई पार्टीभित्र गुटगत राजनीति कम गर्ने प्रयासका रूपमा पनि हेरिएको छ। अब बदलिँदो राजनीतिक परिस्थितिमा उनले संसद्मा कस्तो भूमिका खेल्छन् भन्ने चासो बढेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x