शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ:मन्त्री गुप्ता 

  • 136
  •  
  •  
  •  
  •  
  •  
  •  
    136
    Shares

मङ्गलबार ३१ असार २०८२

काठमाडौं / संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामाबारे आफ्नो फेशबकुमार्फत जानकारी दिइदै आफूले कहिल्यै नखाएको विष लागेको बताएका छन् ।

उनले आफूमाथि लागेको अनुसन्धान गरी सत्य, तथ्य बाहिर ल्याउन सहयोग गर्नको लागि प्रधानमन्त्रीसमक्ष राजीनामा बाुझाएको स्पष्ट पारेका छन ।

घुस डिलसम्बन्धी अडियो बाहिरिएपछि मन्त्री गुप्ताले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।

उनले फेशबुकमा लेखेका छन-
बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु ।

प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिब्दताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x