सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

रेशम चौधरीको उम्मेदवारी खारेजी थारु समुदायमाथिको गम्भीर अपमान : टीका लक्ष्मी चौधरी

  • 774
  •  
  •  
  •  
  •  
  •  
  •  
    774
    Shares

शुक्रबार १६ माघ २०८२
सप्तरी । निर्वाचन आयोगले रेशम चौधरीको उम्मेदवारी खारेज गर्नु सम्पूर्ण थारु समुदायमाथि गरिएको गम्भीर अपमान र कानुनी विभेदको स्पष्ट उदाहरण भएको  नागरिक उन्मुक्ती पार्टी नेपालका नेतृ टीका लक्ष्मी चौधरीले टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै चौधरीले देशमा कस्तो खालको लोकतन्त्र लागू भइरहेको छ भन्ने गम्भीर प्रश्न उठाएकी छन्। उनले लेखेकी छन्, “एउटै प्रकृतिका मुद्दा भएका ठूला दलका नेताहरू निर्विवाद रूपमा चुनाव लड्न पाउने तर एउटा निर्दोष थारुको छोरोलाई मात्र चुनावमा सहभागी हुन नदिनु कदापि न्यायसंगत होइन।”
उनका अनुसार यो निर्णय थारु समुदायविरुद्ध लक्षित ‘विभेदपूर्ण जालसन्त्र’ को संकेत हो। “यदि कानुन समान रूपमा लागू हुने हो भने अन्य नेताहरूको पनि उम्मेदवारी खारेज हुनुपर्ने थियो,” उनले उल्लेख गरेकी छन्।
चौधरीले रेशम चौधरी थारु भएकै कारण उम्मेदवारी खारेज गरिएको आरोप लगाउँदै यसलाई खुला अन्यायको संज्ञा दिएकी छन्। उनले यो निर्णयप्रति घोर भर्त्सना गर्दै समयमै सच्याइएन भने फागुन २१ गते हुन गइरहेको निर्वाचन थारु समुदायले बहिष्कार गर्न बाध्य हुने चेतावनीसमेत दिएकी छन्।
उनले यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको नैतिक र राजनीतिक जवाफदेहिता देशका सबै राजनीतिक दलहरूले लिनुपर्ने बताएकी छन्। उनी नागरिक उन्मुक्ती पार्टी नेपाल, सप्तरी क्षेत्र -१ बाट प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष तर्फ) उम्मेदवारी मनोनयन दर्ता गराएकी छन ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x