शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

पर्सा प्रहरी द्वारा पोखरीयाका निवर्तमान अधिकृत अजय श्रीवास्तव र ईटियाहीका अजित चौरसिया पक्राउ

  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

 

बिहीबार २५ बैशाख २०८२
बिरगंज / पोखरीया नगरपालिकाका निवर्तमान अधिकृत अजय कुमार श्रीवास्तव र विन्दवासिनी गाउँपालिका ईटियाही टोलका अजित कुमार चौरसियालाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पत्रकार रंजित चौरसियाको बुबा सुबाश प्रसाद चौरसियाको जाहेरीले बादी नेपाल सरकार रहेको ज्यान मार्ने उद्योग मुदामा श्रीवास्तव र चौरसियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तत्कालिन अवस्थामा पोखरीया नगरपालिकाको भ्रष्टाचारजन्य विरुद्ध पत्रकार रंजित चौरसियाले समाचार प्रकाशन गरेका थिए ।

सो सामाचार लेखे वापत पत्रकार रंजित चौरसिया र उनले काम गरिरहेको अनलाईन माथि सम्मानित जिल्ला अदालत पर्सामा श्रीवास्तवले गालि बेइज्जतीको मुदा दिएका थिए । सोहि सामाचारलाई आधार बनाई पत्रकार चौरसिया माथि अधिकृत श्रीवास्तव र नेशेन्ट एजुकेशनका अजित चौरसिया लगायतकाले विद्युतीय अपराध सम्बन्धमा मुदा दर्ता गराएका थिए । पत्रकार चौरसियाले नेशेन्ट एजुकेशनको विकृती विरुद्ध पनि जनमानसमा सचेतना फैलाउन सामाचार प्रकाशन गरेका थिए । तत्कालिन अवस्थामा ज–जसको विकृती विरुद्ध पत्रकार चौरसियाले सामाचार लेखे उनीहरु एक जुटभई विद्युतीय अपराध मुदा दर्ता गराउन सफल भए ।

हुनतः जुन विषयमा गालि बेईज्जतीको मुदा अदालतमा दर्ता भइसक्यो, त्यही विषयमा विद्युतीय अपराध मुदा दर्ता नहुनुपर्ने हो, तर श्रीवास्तव र चौरसियाले तत्कालिन¬ प्रहरी प्रमुखलाई प्रभावमा पारी दर्ता गराउन सफल भएका थिए । त्यतीले पनि हाल थुनामा रहेका श्रीवास्तव र अजित चौरसिया लगायतकाहरुको आत्मा शान्ती नहुदाँ पत्रकार रंजित चौरसियाको बुबा सुबाश प्रसाद चौरसिया माथि रानिघाट पुलको दक्षिण तर्फ जाने बाटोमा चारैतिर बाट घेराहालि आक्रमण गरि कुटपिट गर्दै गर्दनमा छुरा प्रहार गरी घाइते बनाए । हो–हल्ला हुदा स्थानीयको सहयोगमा नारायाणी अस्पतालमा भर्नाभई औषधी उपचार गराई घर फर्केका थिए । तत्कालिन अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने उद्योगको जाहेरी लिएर घाईते सुबाश प्रसाद चौरसियाले जादा त्यती बेलाका कार्यालय प्रमुख विपक्षीहरुबाट प्रभावीत भई मुदा दर्ता नगरेको आरोप सुबाश प्रसाद चौरसिायको रहेको छ । बरु उल्टैमा घाईतेलाई हप्काइ–दप्काई फिर्ता पठाएको घाईते चौरसियाको भनाई रहेको छ । त्यस पश्चात घाईते सुबाश प्रसाद चौरसियाले अदालतको ढोका ढक–ढकाई परमादेशको आदेशबाट मुदा दर्ता गराएका छन् । पक्राउ परेका निवर्तमान अधिकृत श्रीवास्तव र नेशेन्टका चौरसियालाई सम्मानित जिल्ला अदालत पर्साबाट म्याद थप गराई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x