शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध

Spread the love

शुक्रबार २५ बैशाख २०८३
काठमाडौ / चितवनको नारायणगढ-मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार बिहानदेखि पहिरो खसेपछि सवारी आवागमन ठप्प बनेको हो।
इलाका प्रहरी कार्यालय मुग्लिन का प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार सडकमा ठूलो परिमाणमा ढुंगा र माटो खसेपछि यातायात सञ्चालन रोकिएको छ।
प्रहरी र सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ। यात्रु तथा सवारी चालकलाई वैकल्पिक व्यवस्था अपनाउन र सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x