शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

ओली नेतृत्वको सरकार गफाडीहरुको झुण्ड भयो : प्रभु साह

  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

बुधबार ११ असार २०८२

रौतहट / आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान गठबन्धनको सरकारले मुलुकमा लुट–भ्रष्टाचारलाई संस्थागत गरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनको कुरा गरे पनि उनकै संरक्षणमा लुट–भ्रष्टाचार संस्थागत भईरहेको आरोप उनले लगाए ।

गृहजिल्ला रौतहट पुगेका आजपा अध्यक्ष साहले जिल्लाको गुजरा नगरपालिकाको बलुवा टोलमा आज (बुधबार) पार्टीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध अन्तरक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकलाई भ्रष्टाचार, लुट एवं लुटकारी दलाल दलतन्त्रको अन्त्यका लागि आम जनता एकजुट भएर सडकमा उत्रिनुपर्ने आवश्यक रहेको बताए ।

‘प्रधानमन्त्री केपीजीले सुशासनको कुरा गर्नुहुन्छ । तर उनकै संरक्षणमा मुलुकमा लुट–भ्रष्टाचार संस्थागत भईरहेको छ । उहाँले गर्ने केही पनि होईन्, तर गफ जहिले पनि सुशासनको गर्नुहुन्छ,’ आजपा अध्यक्ष साहले भने, ‘आज मुलुकमा बढदै गईरहेको भ्रष्टाचा, कुशासन, लुट, मनोमानी एवं सरकार पिच्छेको मनोमानी करले आम जनता निराश छन्, आक्रोशित छन् । यो निकास एउटै हो, हामी एकजुट भएर यस्तो गफाडी सरकारका बिरुद्धमा सडकमा उत्रिनैपर्छ ।’

नेकपा (एमाले), नेपाली कांग्रेसको दुई तिहाईको शक्तिशाली सरकारले गफ गर्नुको साटो जनताको चाहना अनुसार काम नगरेको उनले बताए । जनताको चाहना, आवश्यक्ता अनुसार सरकारले काम नगरेका कारण जनतामा निराशा, आक्रोश बढदै गईरहेको र नेतृत्वमाथि प्रश्न उठिरहेको उनले बताए ।

‘नेपालको हावा, पानी, जमिन, यहाँको मान्छे सबै ठिक छ, स्वस्थ छ । प्राकृतिक सम्पतीले पनि धनि । तर मुलुकको नेता र वर्तमान सरकारका कारण मुलुक समृद्ध हुन सकेन् । आम जनताको शासन हामीले खोजेका थियौं । राजतन्त्र हटयो तर यहाँ छोटे राजाहरुको आतंक बढेको छ । त्यसैले जनता निराश र आक्रोशित छन्,’ आजपा अध्यक्ष साहले भने, ‘नेपाल भन्दा भारत र चीन ठुलो देश हो । जनसंख्या पनि हामीभन्दा धेरै गुणाबढी छ । तर त्यहाँ बिभिन्न समानहरु सस्तो हुने नेपालमा महंगो किन ? यहाँ सरकारकै पिच्छे कर र करको पनि कर लिने त्यसैले यहाँ सबै समानहरु महंगो भयो । हामी आम जनताको शासन ल्याउन र कर मुक्त मुलुक निर्माण गर्न भ्रष्ट नेता र सरकारका बिरुद्धमा आवाज उठाउनैपर्छ ।’

अहिले मुलुकले लोकतान्त्रिक बाटो बिराएकाले त्यसलाई करेक्सन गर्न कांग्रेस तयार हुनुपर्ने समेत उनले बताए । ‘मुलुकले लोकतान्त्रिक बाटो बिराएको छ । त्यो करेक्सन हुनुपर्छ । त्यसका लागि कांग्रेस तयार हुनुपर्छ । कांग्रेस र एमालेको अलोकतान्त्रि, अप्राकृतिक र अबैधानिक गठबन्धनले लोकतन्त्र नै खतरामा परेको छ । जनतामा निरासा छाएको छ, त्यसका नेतृत्वमाथि नै जनताको अविश्वास बढेको छ । त्यसका कारण कांग्रेस लोकतान्त्रिक बाटोमा हिड्नुपर्छ,’ उनले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x