आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

सिरहा–२ मा ‘मोबाइल छाप’का उम्मेदवार विल्टु यादव घरदैलोमा तिव्रता

Spread the love

बुधबार १३ फागुन २०९
सिरहा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा आम जनता पार्टीले सिरहा निर्वाचन क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियान तीव्र बनाएको छ।
पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विल्टु यादवले ‘मोबाइल छाप’ चुनाव चिह्नमा मतदान गर्न मतदातासँग अपिल गरिरहेका छन्। प्रचार सामग्रीमा “मोबाइल चिन्ह छानौँ, सक्षम नेतृत्व बनाऔँ” भन्ने नारा उल्लेख गरिएको छ।
यादवले अत्यधिक मतले विजयी गराउन आग्रह गरिएको छ भने “भ्रष्टाचारको विरोध गरौँ, मोबाइल छापमा मतदान गरौँ” भन्ने सन्देशसमेत दिइएको छ।
पार्टीले युवापुस्ता र प्रविधिमैत्री नेतृत्वको एजेन्डा अघि सारेको जनाएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरूले घरदैलो, कोणसभा र प्रचार सामग्री वितरणलाई तीव्रता दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x