स्वास्थ्य चौकी मलहनमा क्षयरोग सम्बन्धी प्रचार–प्रसार तथा केस डिटेक्सन कार्यक्रम सम्पन्न

बिहीबार १५ माघ २०८२
सप्तरी / क्षयरोग (टीबी) रोगबारे आम नागरिकलाई सचेत गराउने उद्देश्यले स्वास्थ्य चौकी मलहनमा क्षयरोग सम्बन्धी प्रचार–प्रसार, अभिमुखीकरण तथा केस डिटेक्सन कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रममा क्षयरोगका लक्षण, रोकथामका उपाय, समयमै जाँच गराउनुपर्ने आवश्यकता तथा निःशुल्क उपचार सेवाबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।
यसै क्रममा सुरुङ्गा नगरपालिका वडा नं. ८ मा क्षयरोग केस डिटेक्सन
कार्यक्रमको पहिलो दिन जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा ५१ जनाको खकार (स्याम्पल) सङ्कलन गरिएको थियो।
त्यसैगरी, दोश्रो दिन सुरुङ्गा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष श्याम प्रसाद साह ज्यूको अध्यक्षतामा धाँती बजारस्थित समुदाय भवनमा कार्यक्रम सम्पन्न गरिएको हो। उक्त दिन ३५ जनाको खकारको स्याम्पल सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ।
कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले क्षयरोग समयमै पहिचान गरी नियमित उपचार गरेमा पूर्ण रूपमा निको हुन सक्ने बताए। कुनै पनि शंकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त जाँच गराउन आग्रह गर्दै, क्षयरोगका बिरामीप्रति भेदभाव नगर्न सबैलाई अनुरोध गरिएको छ।
स्थानीय समुदाय, महिला, पुरुष, युवा तथा जोखिममा रहेका समूहहरूको सक्रिय सहभागिताले क्षयरोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास मलहनमा स्वास्थ्य चौकी प्रमुख रामबिलास चौधरी व्यक्त गरेका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE