शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आज संवैधानिक परिषद्को बैठक बस्दै

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

सोमबार ३१ भदौ २०८१

काठमाडौं / आज संवैधानिक परिषद्को बैठक आज बस्दै छ। भदौ २८ भएको बैठकबाट कुनै निर्णय हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो। सो बैठकमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउतमाथि थप छलफल गरेर निर्णय लिने निष्कर्षसहित सकिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा थप छलफल गरेर निश्कर्षसहित एक जनाको नाम सिफारिस गर्ने तयारी रहेको छ।

प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले ८ जना वरिष्ठतम न्यायाधीशहरूको नाम सिफारिस गरेको छ । जसमध्ये वरिष्ठ न्यायाधीश प्रकाशसिंह राउत वरीयताको हिसावले अरु भन्दा अब्बल देखिन्छन्।

वरीयताअनुसार न्यायाधीशहरू प्रकाशमान सिंह राउत, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोज शर्मा र कुमार चुँडालको नाम परिषद्‌मा पुगेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बस्न लागेको आजको बैठकमा प्रधानन्यायाधीश श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर सहभागी रहनेछन्।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेबाट अवकाशमा जाँदैछन्। प्रधानमन्त्री अध्यक्ष हुने सो परिषदमा विपक्ष दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x