शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

पहिलो नेपाली चलचित्र ‘आमा’ अब हुलाक टिकटमा

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं /सरकारले नेपाली चलचित्रलाई पनि हुलाक टिकटमा समावेश गरेको छ । चलचित्र विकास बोर्डको रजत वार्षिकोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कलाकारलाई लिएर नेपालमै छायाङ्कन गरिएको पहिलो चलचित्र ‘आमा’को हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाउनुभएको हो ।

सो चलचित्रको दुई थरी पोस्टर समावेश गरिएको १० रुपियाँ दरका दुईवटा हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाइएपछि सञ्चारमन्त्री गुरुङ, सञ्चार सचिव राधिका अर्याल, सो फिल्मकी नायिका तथा नेपाली फिल्म जगत्की प्रथम अभिनेत्री भुवन चन्द, सोही फिल्मका अभिनेत्रीद्वय चैत्य देवी र बसुन्धरा भुसाल, बोर्ड अध्यक्ष दिनेश डीसी, हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।

मन्त्री गुरुङले सो हुलाक टिकट प्रकाशनमा ल्याएर इतिहासलाई अमर बनाएको बताउनुभयो । बोर्ड अध्यक्ष डीसीले यो केवल हुलाक टिकट प्रकाशनमात्र नभएर सरकारले चलचित्र क्षेत्रलाई हेर्ने परिवर्तित नजर पनि भएको बताउनुभयो ।
हुलाक सेवा विभागकी शाखा अधिकृत चन्द्रा थापाले आमाका नायक नायिकाको तस्विर अंंकित हुलाक टिकटले चलचित्र क्षेत्रको महत्वलाई दर्शाएको चर्चा गर्नुभयो ।

प्रकाशित हुलाक टिकटमा २०२२ सालमा नेपालमा बनेको नेपालको पहिलो नेपाली कथानक फिल्म आमा भएको उल्लेख गर्दै त्यसका निर्देशक हिरासिंह खत्री तथा कलाकारहरू भुवन चन्द, शिवशंकर मानन्धर, हरिप्रसाद रिमाल, वसुन्धरा भुषाल, चैत्यदेवी सिंह भएको उल्लेख गरिएको छ ।source news of nepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x