रुसी सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु

एजेन्सी / क्रिमियामा रुसी सैन्य विमान दुर्घटनाग्रस्त भएको छ ।
रुसको रक्षा मन्त्रालयका अनुसार क्रिमियामा रुसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै २९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार एएन-२६ विमान प्राविधिक गडबडीका कारण पहाडमा ठोक्किएको थियो । विमानमा छ जना चालक दलका सदस्य र २३ जना यात्रु सवार थिए, तर कोही पनि बाँचेनन्।
मंगलबार स्थानीय समय अनुसार साँझ ६ बजे विमानसँग सम्पर्क टुटेको थियो । त्यसपछिको खोज र उद्धार कार्यले भग्नावशेष फेला पारेको थियो ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE