क्रीकेटर लामिछाने निर्दोष ठहर, टी-२० विश्वकपमा सहभागी हुने खुल्यो बाटो


बुधबार २ जेष्ठ २०८१,
काठमाडौं / उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ । उच्च अदालतको फैसलासँगै टी-२० विश्वकपमा सहभागी हुने सन्दीपलाई बाटो खुलेको छ ।
न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला सदर, आंशिक सदर वा उल्ट्याउदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।
उच्चको फैसलासँगै सन्दीपको क्रिकेट करिअर जोगिएको छ । सफाइ पाएसँगै उनको निलम्बन फुकुवा हुनेछ भने अब विश्वकप खेल्न पनि पाउनेछन् । तर, गौशाला २६ सँग सर्वोच्च अदालत जाने विकल्प भने बाँकी नै छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE