शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

काठमाडौंको बागमती काेरिडाेरमा ‘जम्बुडाँडा पुल’ उद्घाटन 

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

बिहिवार २४ जेठ २०८१
काठमाडौं /बागमती करिडोर सडक खण्डमा निर्मित दुई  नगरपालिका र दुई निर्वाचन क्षेत्र जोड्ने ‘जम्बुडाँडा पुल’ उद्घाटन भएको छ।मोटरेबलको पुलको बुधबार उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्घाटन गरेका छन ।
नवनिर्मित पुलले काठमाडौं निर्वाचन क्षेत्र २ र ३ तथा गोकर्णेश्वर र मनोहरा नगरपालिकालाई जोड्नेछ।
कार्यक्रममा मन्त्री महासेठले पुल निर्माणपछि स्थानीयलाई सहज हुने विश्वास व्यक्त गरे। ‘पुल सञ्चालनपछि धेरैले खुसी व्यक्त गरेको देखें तर यो खुसी हुनुपर्ने नयाँ काम गरेको होइन। जनताको आवश्यकता पूरा भएको हो,’ उनले भने।
उपत्यकामा अब नयाँ डिजाइनका पुल निर्माणले प्राथमिकता पाउने र गोकर्णेश्वर तथा मनोहरा आसपास क्षेत्रमा सडक मर्मतलाई प्राथमिकता दिइने पनि उनले बताए। पुल निर्माण सडक डिभिजन काठमाडौंले गरेको हो।
सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार ४१।८ मिटर लम्बाइ र ७।५ मिटर चौडाइको उक्त पुल ३ करोड ८० लाखमा निर्माण भएको हो। पुल निर्माण ड्रयागन रियलको ज्वाइन्ट भेन्चर कम्पनी (जेभी)ले गरेको हो।
भौतिक मन्त्रालयका सचिव गोपाल सिग्देलले पुल निर्माण हुनु सहर विकासको सूचक भएको धारणा व्यक्त गरे। पुल सञ्चालनपछि काठमाडौं उपत्यककाको  ट्राफिक व्यवस्थापनमा सहजीकरण हुने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए।
कार्यक्रम सञ्चालन सडक डिभिजन काठमाडौंका ईञ्जिनियर प्रमोद खतिवडाले गरेका थिए ।
उद्घाटन कार्यक्रममा संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, संघीय सांसद शान्ति श्रेष्ठ, संविधान सभा सदस्य रामेश्वर फुयाँल, पूर्व सांसद कृष्ण बहादुर राई पनि थिए । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा, नगर प्रवक्ता तथा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, कागेश्वरी मनोहरा नगरपालिका ८ का वडा अध्यक्ष हरिभक्त पुडासैनी पनि थिए ।
गोकर्णेश्वर ६ का वडाध्यक्ष नवराज लामा, ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, ९ का वडाध्यक्ष राजीव थापा, काठमाडौं ९ का वडाध्यक्ष भुवन लामालगायत उद्घाटनमा थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x