शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

भक्तपुरमा प्रहरीको स्वीप अपरेसन जारी, दुई दिनमै ९० जना पक्राउ

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

भक्तपुर, २३ चैत । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको गैरकानुनी गतिविधि नियन्त्रणसम्बन्धी स्वीप अपरेसनका क्रममा पछिल्ला दुई दिनमै ९० जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार शनिबार ६० जना र आइतबार थप ३० जना गरी विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूलाई हाल हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो।
उनका अनुसार सार्वजनिक स्थलमा शान्ति सुरक्षा भंग गर्ने, शंकास्पद गतिविधिमा संलग्न हुने, लागूपदार्थ सेवन गर्ने तथा समूहमा बसेर होहल्ला गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
परिसरअन्तर्गतका प्रहरी वृत्त, प्रभाग तथा अन्य युनिटहरू परिचालन गरी अपरेसन सञ्चालन गरिएको र उक्त अभियान अझै जारी रहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा आपराधिक घटनामा संलग्न नरहेका व्यक्तिहरूलाई भने छाडिने पनि प्रहरीले स्पष्ट पारेको छ।
प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्ने तथा नजिकिँदै गरेको बिस्केट जात्रा लाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले उक्त अपरेसन सञ्चालन गरिएको जनाएको छ।
प्रहरी उपरीक्षक खड्काले यस अभियानले स्थानीयस्तरमा सुरक्षा सुदृढ भई डरत्रासको वातावरण अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x