परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा, द्विपक्षीय हितका विषयमा केन्द्रित वार्ता हुने

काठमाडौं, जेठ २२ । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको औपचारिक तीनदिने भ्रमणमा प्रस्थान गर्दै हुनुहुन्छ। एस जयशंकर को निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा उहाँले भारतीय समकक्षीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल हुनेछ। विशेषगरी व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा सहयोग तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श हुने जनाइएको छ।
यसअघि जेठ २३ गतेका लागि तय गरिएको भ्रमण अन्तिम समयमा एक दिन अगाडि सारिएको हो। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को भारत भ्रमणलगत्तै परराष्ट्रमन्त्रीको भ्रमण हुन लागेको छ।
यद्यपि, नेपाल–भारत सीमा विवादको विषय वार्ताको औपचारिक एजेन्डामा समावेश गरिएको छ वा छैन भन्नेबारे मन्त्रालयले कुनै जानकारी दिएको छैन।
हालै प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा सीमा विवाद वार्तामार्फत समाधान गर्नुपर्ने धारणा राख्ने क्रममा बेलायतको समेत उल्लेख गर्नुभएको थियो। त्यसपछि भारतले पत्रकार सम्मेलनमार्फत नेपाल–भारतबीचका विषयहरू द्विपक्षीय रूपमा समाधान हुनुपर्ने र कुनै तेस्रो पक्षको संलग्नता स्वीकार्य नहुने स्पष्ट पारेको थियो।
परराष्ट्रमन्त्री खनालको यस भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका क्षेत्र विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE