शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ महानगरले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

शनिबार १५ असार २०८१
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई बिगतमा जस्तै यस पटक पनि छात्रवृत्ति प्रदान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दैै संस्थागत शिक्षण संस्था (निजी कलेज)मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि अनलाइन आवेदन आह्वान गरेको हो ।

गत वर्ष पनि काठमाडौँ महानगरपालिकाले काठमाडौँका निजी कलेजमा झण्डै ४ हजार जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।
निजी विद्यालयहरुले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनु पर्ने नियम छ । सोही नियम अनुसार यस वर्ष पनि महानगरपालिकाले निजी विद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थीको छनोट आफैँ गर्न लागेको हो ।

विद्यार्थीले असार १५ गते देखि असार २९ गतेसम्म अनलाइन आवेदन दिन सकिने सूचनामा उल्लेख छ । प्रवेश परीक्षा आगामी साउन ४ गते बिहान ८ बज हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x