बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

अमेरिकी राष्ट्रपति बने लगत्तै ट्रम्पले दिए क्यापिटल हिल दंगामा संलग्न १५०० जनालाई माफी

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

मङ्गलबार ८ माघ २०८१

एजेन्सी / डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बने लगत्तै क्यापिटल हिल दङ्गामा संलग्न आफ्ना समर्थकहरूलाई माफी दिएका छन्। ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि २०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको दङ्गामा संलग्न करिब १५ सय भन्दा बढी समर्थकहरूलाई माफी दिने आदेश जारी गरेका हुन्।

उनले न्याय विभागद्वारा गरिएको अहिलेसम्मकै सबैभन्दा ठुलो अनुसन्धान र अभियोजन अन्त्य गर्ने प्रयास पनि गरे। गत चुनावमा ट्रम्पको पराजयपछि उनका समर्थकहरूले क्यापिटल हिलमा दङ्गा र अराजकता मच्चाएका थिए।

क्यापिटल हिल दङ्गाको आरोपमा जेलमा परेका ट्रम्प समर्थकका वकिलले जेलमा परेका व्यक्ति रिहा हुने अपेक्षा व्यक्त गरेका छन्।  ट्रम्प समर्थकहरूको ठुलो भीड वासिङ्टन डीसी जेल बाहिर आफन्त रिहाइका लागि पर्खिरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x