बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

स्व. सुरेश रजकको १३औं पुण्यतिथीको अवसरमा जनकपुरधाममा श्रद्धाञ्जली सभा

  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

बिहीबार २८ चैत २०८१

जनकपुर / गत चैत १५ गते काठमाडौँको तीनकुनेस्थित एक भवनमा राजावादीहरूले लगाएको आगोमा परेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको १३औं दिनको पुण्यतिथीको अवसरमा जनकपुरधामको जनकचोकमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली सभा मनाइएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय कार्यबाहक अध्यक्ष दिपक आचार्य र महासंघ मधेश प्रदेश अध्यक्ष श्याम प्रसाद बञ्जाराको उपस्थितिमा सम्पन्न कार्यक्रमले सुरेश रजकको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारितामाथि भइरहेका हमलाको कडा विरोध जनाइएको हो ।

कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष आचार्यले भने, ‘पत्रकारको मृत्यु केवल व्यक्तिगत शोक होइन, यो लोकतन्त्रमाथिको आक्रमण हो । पत्रकारिता जलाएर मारिन्छ भने लोकतन्त्र मरेको प्रमाण हो ।’ उनले दोषीलाई कडा कारबाही नगरेसम्म यस्तो हिंसा दोहोरिने खतरा रहेको चेतावनी समेत दिए । उनले राज्यको मौनतालाई आपत्तिजनक भन्दै भने, ‘हिंसा चुपचाप हेर्ने राज्यको भूमिका लोकतन्त्रका लागि खतरनाक बन्न सक्छ । हामी मौन बस्दैनौं ।’

मधेश प्रदेश अध्यक्ष श्याम प्रसाद बञ्जाराले सुरेश रजकको बलिदानलाई पत्रकारिताको बलियो आधारका रूपमा प्रस्तुत गर्दै भने, ‘उहाँले अन्तिम समयसम्म सत्यका लागि जलेर पनि हामीलाई बाँच्ने मार्ग देखाउनु भयो । उहाँको बलिदानको सम्मानस्वरूप हामी स्वतन्त्र प्रेसको रक्षामा झनै दृढ भएका छौं ।’ उनले रजकको निधनले नेपाली पत्रकारिता क्षेत्रलाई अपूरणीय क्षति पुगेको र यसको न्यायिक अनुसन्धान र दोषीको कडा कारबाही नभएसम्म निरन्तर संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

दीप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेशकुमार कर्ण, धनुषा अध्यक्ष पुरन साह, वरिष्ठ पत्रकार बिएम खनाल, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह लगायत पत्रकारिता क्षेत्रका थुप्रै अग्रजहरूको उपस्थिति रहेको थियो ।

दीप प्रज्वलनसँगै आयोजित मौन धारण तथा श्रद्धाञ्जली कार्यक्रममा उपस्थितहरूले सुरेश रजकका योगदानलाई स्मरण गर्दै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर आवाज उठाउने अठोट दोहोर्याएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv