सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

यस्तो छ आजको मौसम पूर्वानुमान

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

मङ्गलबार १७ चैत २०८२
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ।
हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ। गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी प्रदेश लगायत पहाडी र हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङ, हुरीबतास तथा असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी आज राति कोशीसहित हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ। छ आजको मौसम पूर्वानुमान
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ।
हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ। गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी प्रदेश लगायत पहाडी र हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङ, हुरीबतास तथा असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी आज राति कोशीसहित हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x