शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

प्रतिनिधिसभा बैठक बस्दै

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

आइतबार १८ चैत २०८०
काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै, भन्सार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा नेपाली कांग्रेस गर्दै आएको अवरोध हटाउने विषयमा मुख्य राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरे पनि कुनै टुंगो लागेको छैन।

सिंहदरबारमा शनिबार बसेको बैठकले चैत १८ गतेदेखि २९ गतेसम्मको संसद बैठकको क्यालेन्डर भने तय गरेको छ। बैठकले आजदेखि लगातार चार दिन अर्थात् चैत २१ गतेसम्म प्रतिनिधिसभाको बैठक चलाउने क्यालेन्डर बनाइएको छ ।

यसबीचमा ६ दिन संसदीय समितिहरुको बैठकका लागि समय तालिका छुट्टाइएको छ भने चैत २७ देखि २९ गतेसम्म लगातर तीन दिन बैठक राख्ने क्यालेन्डर बनाइएको छ। बैठकले आजदेखि २९ गतेसम्म बस्ने प्रतिनिधिसभाको बैठकमा संघीय निजामती, राजनीतिक दलसम्बन्धीलगायत विधेयक टेबल गर्ने सहमति गरेको छ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ। आजको बैठक बस्नुअघि बिहान सवा १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ।

सभामुख देवराज घिमिरेले सहज रूपमा संसदको कामकारबाही अगाडि बढाउने वातावरण बनाउन दलसँग आग्रह गरेका छन् ।

सिंहदरबारमा शनिबार प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै संसदको अवरोध हटाई नयाँ कार्यतालिकाअनुसार सदनलाई सहज रूपमा अघि बढाउने वातावरण बनाउन उनले आग्रह गरेका हुन्। संसद्को अवरोध, नयाँ कार्यतालिका, संसदको प्रभावकारितालगायतका विषयमा सभामुख घिमिरेले छलफल गर्दै यस्तो आग्रह गरेका हुन्।

तर, संसदमा उठ्दै आएको विषयमै सो बैठकमा समेत नेताले आफ्नो धारणा राखेका छन् । आइतबार संसदको बैठक बोलाइएको छ । सोभन्दा अघि संसदको अवरोध हटाउन सहमति खोजिए पनि दलबीच सहमति जुट्न सकेन।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गर्दै संसद अबरुद्ध गर्दै आएको छ ।डिसिनेपाल बाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x