शनिबार १२ माघ २०२१
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब एमालेसँग मिल्ने सम्भावना नरहेको बताए ।
०८४ मा आफ्नो पार्टीको बहुमत आउने आधार बन्दै गएको बताउँदै आगामी निर्वाचनमा कसैको बैशाखी नटेकी एक्लै चुनावमा होमिने दावी गरेका छन् ।
दाङमा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले अबका चुनाब एक्लै लड्ने बताएका छन ।
‘२०७४ सालको निर्वाचनपछि एमालेसँग पार्टी एकताको प्रस्ताव मैले नै गरेको हुँ । तर, पार्टी एकता धेरै टिक्न सकेन । त्यसपछि फेरि म प्रधानमन्त्री हुँदा सहकार्यको निर्णय लिएँ, त्यो पनि टिक्न सकेन,’ उनले भने, ‘त्यसैले अब एमालेसँग मिल्ने सम्भावना छैन ।’
अध्यक्ष प्रचण्डले माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजिएको बताए । ‘माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजियो । त्यसको पनि समीक्षा गरेर हामी मंसिरमा भएको उपनिर्वाचनमा एक्लै चुनावमा होमियौँ र राम्रो नतिजा पनि ल्यायौँ,’ उनले भने, ‘अब हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौँ ।’
WRITE COMMENTS FOR THIS ARTICLE