शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

नोरा फतेही नेपाल आउँदै

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

शुक्रबार १९ बैशाख २०८२

काठमाडौ / भारतीय अभिनेत्री तथा चर्चित नृत्याङ्गना नोरा फतेही नेपाल आउन लागेकी छिन्। ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजित च्यारिटी कार्यक्रममा सहभागी हुन उनले नेपाल भ्रमण गर्न लागेकी हुन्।

कार्यक्रमको आयोजना वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिले गर्नेछ भने व्यवस्थापन मनु मिडिया प्रालिको रहनेछ। संस्थाका अध्यक्ष देव मगरले दिएको जानकारीअनुसार, शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगका लागि यो च्यारिटी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उक्त कार्यक्रम जेठ ३ गते हुँदैछ । नोरा फतेहीले एक भिडियो सन्देशमार्फत नेपाल आउन पाउँदा उत्साहित भएको जनाउँदै नेपाली दर्शकलाई आफ्नो प्रस्तुति हेर्न आग्रह गरेकी छिन्।

उक्त कार्यक्रममा दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा लगायतका नेपाली कलाकारको प्रस्तुति पनि रहने छ। टिकट बिक्री ‘खल्ती’ एपमार्फत उपलब्ध गराइने जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x