बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

राजावादीको प्रदर्शनबारे प्रचण्डको टिप्पणीः केही भएको छैन, त्यस्तो लडाईंमा त डराइएन

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

सोमबार २६ फागुन २०८१

काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुको प्रदर्शनबाट डराउनुपर्ने आवश्यकता नरहेको बताएका छन् । आज (सोमबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले लडाईँको बीचमा समेत नडराएको माओवादी राजावादीहरुको प्रदर्शनले डराउनुपर्ने आवश्यकता नरहेको बताएका हुन् । ‘राजावादीहरुको प्रदर्शनले मुटु हल्लिएको हो ?’ भनी सञ्चारकर्मीहरुले सोधको प्रश्नको जवाफ दिँदै उनले भने, ‘प्रदर्शनले केही हल्लाएको छैन, केही भएको छैन । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन ।’

साथै, राजावादीहरुको गतिविधिको जिम्मा भने सरकारले लिनुपर्ने उनको भनाइ छ । जनतामाझ सरकारप्रति निकै ठूलो आक्रोश रहेको कारण अहिलेको परिस्थिति निर्माण भएको प्रचण्डले बताए । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटेर बाहिरिएका अध्यक्ष प्रचण्डले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कुरामा आफूहरु केन्द्रीत रहेको बताए । उनले सरकारको असक्षमताको फाइदा प्रतिक्रियावादीहरुले उठाएको समेत टिप्पणी गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x