शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सरकारले कुलमानलाई हटाए प्रतिरोध गर्ने सांसद मोदीको चेतावनी

Spread the love

आइतबार ११ फागुन २०८१

काठमाडौँ / नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङलाई बर्खास्त गरे प्रतिरोध गर्ने चेतावनी दिएका छन्।  आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले राम्रो काम गर्न नसकेको र राम्रो काम गर्नेलाई पनि हटाउने प्रयत्न गरिरहेको बताए ।

सांसद मोदीले सरकारको यस्तो कदमविरुद्ध आफ्नो पार्टी माओवादी केन्द्र प्रतिरोधमा उत्रिने पनि चेतावनी दिए ।

‘नेपाल विद्युत् प्राधिकरणका एमडीको कारणले आज देश लोडसेडिङमुक्त भएको छ । तर, सरकार उहाँलाई स्पष्टीकरण सोधेर बर्खास्तको तयारी गरिराखेको छ । तसर्थ म भन्न चाहन्छु सरकारलाई– आज यो देशमा जसले राम्रो काम गरिराखेको छ, जसले जनताको पक्षमा काम गरिराखेको छ, सरकारले राम्रो काम त गर्न सकेन, सकेन । राम्रो काम गर्ने मान्छेलाई हटाइराखेको छ, बर्खास्त गरिराखेको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र त्यस्तो गलत कामको प्रतिरोध गर्छ,’– उनले  भने ।source news of nepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x