शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

भूमी आयोगमा ध्यानाकर्षणपत्र बुझाउदै आजपाले सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा नदिए कडा आन्दोलनमा उत्रिने चेतावनी

सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा दिन आजपाको माग
  • 178
  •  
  •  
  •  
  •  
  •  
  •  
    178
    Shares

शुक्रबार १९ बैशाख २०८२

काठमाडौं / आम जनता पार्टी (आजपा)ले काठमाडौंको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्वासीहरुलाई जग्गाधनी लालपुर्जा दिन माग गर्दै भूमी समस्या समाधान आयोग ताहाचल, काठमाडौंमा आज ज्ञापनपत्र बुझाएको छ ।

आजपाका सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, कार्यालय सचिव रन्जुकुमारी साह, सुकुम्वासी संघर्ष समितिका संयोजक सुनिता सिलवाल सहितका नेताहरुको टोलीले आयोगका विज्ञ सदस्य टेकबहादुर शाहलाई ज्ञापनपत्र बुझाउदै यथाशिघ्र लालपुर्जा दिनुपर्ने माग गरेका छन् ।

‘जनताको कर लिने तर काम नगर्ने । तलब खाने तर सुकुम्वासीको समस्या समाधान किन भएन ? जनताको समस्या समाधान आयोगले नगरी राजनीतिक भर्तीकेन्द्रको रुपमा बनाउनु गलत हो,’ आजपा सहअध्यक्ष थापामगरले भने ।

सुुकुम्वासी समस्या समाधान नभए र सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा यथाशिघ्र नदिइए कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने आजपा नेतृ साहले जनाएकी छन् । ‘सुकुम्वासीको कर चल्ने, मत चल्ने तर उनीहरुलाई खानेपानी, विधुत, शिक्षा, स्वास्थ्य नदिनु सरकारको मानवता विरोधी कार्य हो । सुकुम्वासीलाई यथाशिघ्र जग्गाधनी लालपुर्जा नदिइए हामी कडाभन्दा कडा आन्दोलन गर्न वाध्य हुने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने हुन्छ,’ आजपा नेतृ साहले भनिन् ।

‘भूमिहीन गरिब, दलित र सुकुम्वासीहरुको आवास तथा भूमिमाथिको पहुँच र स्वामित्व स्थापित गराई देशबाट भूमिहीनताको अन्त्य गरी जनमुखी एवं न्यायपूर्ण भूमिव्यवस्था स्थापनामा योगदान गर्ने प्रतिबद्धताका साथ स्थापित नेपाल सरकारको यस आयोगले हालसम्म पनि संघीय राजधानीमा समेत हामीलाई भोगको आधारमा जग्गाधनी लालपुर्जा प्रदान नगरेको नगराएको हुँदा हामी धेरै पिरमर्कामा रहेको बिषय जाहेर गर्न चाहन्छौं । यसले गर्दा हामीले खानेपानी, विधुत, बैंकिङ ऋण, घर नक्सा, व्यापार व्यवसाय जस्ता विविध समस्याहरु समेत झेल्नुपर्ने बाध्यात्मक स्थिति छ,’ आजपा र सुकुम्वासी संघर्ष समितिले संयुक्त रुपमा आयोगमा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

आफूहरुको माग सम्बोधनमा ढिलाई, आलटाल भए कडा संघर्षमा उत्रिने चेतावनी समेत दिइएको छ । ‘हाम्रो जनजीविकासंग जोडिएको यी महत्वपूर्ण समस्याहरु समाधान गर्न गराउन यथाशिघ्र हामीलाई जग्गाधनी लालपुर्जा उपलब्ध गराउन यस आयोगको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं । हाम्रो माग समयमा सम्बोधन नभए हामी कडाभन्दा कडा संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने र यसबाट सिर्जित सम्पूर्ण क्षतिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने बिषय अग्रिम रुपमा खबरदारी समेत गराउन चाहन्छौं,’ आयोगमा बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

आजपा अध्यक्ष एवं सांसद प्रभु साहले सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा दिनुपर्ने आवाज सडकदेखी संसदसम्म पटक–पटक उठाउँदै आएका छन् । सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा दिएर खानेपानी, विधुत, बैंकिङ ऋण, घर नक्सा, व्यापार व्यवसाय गर्ने जस्ता समस्याको समाधान गर्न सरकारसंग साहले माग गर्दै आएका छन् ।

‘काठमाण्डौको सुकुम्बासीलाई छिटो जग्गाधनी लालपुर्जा प्रदान गर्न आम जनता पार्टीले आज भुमि समस्या समाधान आयोगलाई ज्ञापनपत्र बुझाएकोछ । वर्षौदेखि बसोवास गर्दै आएका सुकुम्बासीहरूले लालपुर्जाको अभावमा खानेपानी, बिजुली लगायतका कयौ आधारभुत सेवाबाट वंचित भईरहेको सन्दर्भमा हाम्रो पार्टीका सुकुम्बासी अगुवा साथीहरूले सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा दिलाउन लिएको यो पहलकदमी सराहनीय छ । आज भुमाफियाहरूले रातारात काठमाण्डौको बहुमूल्य जग्गा आफनो नाऊमा गराई रहदा वर्षौदेखि बसोवास गर्दै आएको सुकुम्बासीहरूले आफूले भोग गरेको जग्गाको लालपुर्जा नपाऊनु दुःखद हो । यसमा सरकारको गम्भीर ध्यानाकर्षण गराउदै काठमाण्डौको सुकुम्बासीलाई छिटो जग्गाधनी लालपुर्जा उपलब्ध गराउन जोड़दार माग गर्दछु,’ आजपा अध्यक्ष साहले फेसबुकमा लेखेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x