शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सर्वोच्चको फैसला बिना नगर कार्यालय सार्न खोजिएको भन्दै सुरुङ्गामा विरोध, गाडीको साँचो नियन्त्रणमा

Spread the love

सोमबार ४ फागुन २०८२
सप्तरी । सुरुङ्गा नगरपालिका–४ का स्थानीय बासिन्दाहरूले सर्वोच्च अदालतको फैसला नआउँदै नगरपालिकाको कार्यालय सार्न खोजिएको भन्दै सोमबार कडा विरोध प्रदर्शन गरेका छन्।
नगर कार्यालय मधुपटीबाट अन्यत्र सार्ने निर्णयको विरोधमा स्थानीयहरू सडकमा उत्रिएका हुन्। कालो झण्डासहित प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरूले ‘सुरुङ्गा नगर सरकार मुर्दावाद’ र ‘नगर कार्यालय मधुपटीबाट सार्न पाइँदैन’ जस्ता नाराबाजी गरेका थिए।
गाडीको साँचो नियन्त्रणमा, कार्यालयमा तालाबन्दी
प्रदर्शनका क्रममा सामान ओसार्न आएका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको साँचो प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ। साथै, वडा कार्यालय र नगर शिक्षा शाखाको मुख्य द्वारमा समेत तालाबन्दी गरिएको बताइएको छ।
संघर्ष समितिको अगुवाइ
सुरुङ्गा संघर्ष समिति, मधुपटीको अगुवाइमा आयोजित उक्त प्रदर्शनमा उल्लेख्य संख्यामा स्थानीयको सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले नगर कार्यालय पूर्ववत् स्थानमै कायम राख्नुपर्ने माग राख्दै निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएका छन्।
आन्दोलन जारी रहने चेतावनी
आन्दोलनरत पक्षले नगरपालिकाले कार्यालय सार्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलनलाई थप सशक्त बनाइने जनाएको छ। २०८२ फागुन ४ गते सोमबार भएको यस विरोध प्रदर्शनपछि कदमाहा क्षेत्र केही समय तनावग्रस्त बनेको स्थानीयले बताएका छन्।
नगर कार्यालय स्थानान्तरणको विषयले स्थानीय तहमा विवाद चुलिँदै गएपछि अवस्था थप जटिल बन्न सक्ने देखिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x