उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनलमा प्रवेश


बिहीबार २७ असार २०८१
काठमाडौँ / कोपा-अमेरिका फुटबलमा उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले उरुग्वेलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
कोलम्बियाको जितमा जेफरसन लेर्माले ३९ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । फाइनलमा अब कोलम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ ।
कोलम्बियाले सन् २००१ मा कोपा–अमेरिकाको उपाधि जितेको थियो । त्यतिबेला घरेलु मैदानमा खेलिएको फाइनलमा कोलम्बियाले मेक्सिकोलाई १–० गोलले हराएको थियो ।
लियोनल मेस्सीको कप्तानमा रहेको अर्जेन्टिना भने यसअघि नै फाइनलमा पुगिसकेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE