बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026

आज सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

शुक्रबार २७ व्हैत २०८२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार संयुक्त बैठक आज दिउँसो ३ बजे बस्नेछ। राष्ट्रपतिले सरकारको सिफारिसमा उक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्।
नेपालको संविधान को धारा ९५ अनुसार राष्ट्रपतिले सङ्घीय संसद्को कुनै एक सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था रहेको छ।
यसैबीच, आज राति १२ बजेदेखि सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसअनुसार राष्ट्रपतिले चैत २७ गतेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्।
सरकारले हिउँदे अधिवेशन अन्त्य गरी आगामी बजेट अधिवेशनको तयारीका लागि यो निर्णय गरेको जनाएको छ। नेपालको संवैधानिक व्यवस्था अनुसार संसद्को अधिवेशन आह्वान तथा अन्त्य राष्ट्रपतिबाट सरकारको सिफारिसमा हुने गर्दछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x