सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

काठमाडौं–२ मा राप्रपाकी कुन्ती देवी पोखरेलको उम्मेदवारी घोषणा, उद्यमशीलता र सुशासन मुख्य एजेन्डा

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

सोमबार ४ फाग२०८२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य कुन्ती देवी पोखरेललाई उम्मेदवार बनाएको छ। पार्टीको केन्द्रीय महाधिवेशनमा सर्वाधिक मतसहित निर्वाचित भएकी पोखरेललाई यस क्षेत्रमा प्रभावशाली र सक्रिय नेतृका रूपमा हेरिएको छ।
शैक्षिक पृष्ठभूमि र सामाजिक संलग्नता
राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर (एमए) तहसम्म अध्ययन गरेकी पोखरेल उद्यमशीलता र सामाजिक अभियानमा सक्रिय रहँदै आएकी छन्। नेपाली पोशाक उत्पादन तथा व्यावसायिक क्षेत्रमा सफल पहिचान बनाएकी उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १०० भन्दा बढी युवालाई रोजगारीको अवसर प्रदान गरेको दाबी गरिएको छ।
सार्वजनिक गरिएका प्रमुख एजेन्डा
उम्मेदवारी घोषणासँगै पोखरेलले विकास, सुशासन र आर्थिक सशक्तीकरणलाई केन्द्रमा राख्दै विभिन्न योजना अघि सारेकी छन्–
उद्यमशीलता र महिला सशक्तीकरण: १० हजारभन्दा बढी महिलालाई उद्यमशीलता तालिम प्रदान गरिसकेको उल्लेख गर्दै महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता।
पूर्वाधार विकास: जोरपाटी–साँखु सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, एम्बुलेन्स सेवा विस्तार र सडक बत्ती जडानलाई प्राथमिकता।
शिक्षा र स्वास्थ्य: क्षेत्रभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने तथा ग्रामीण भेगमा नियमित स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना।
भ्रष्टाचार विरुद्ध अभियान: विगतदेखि नै भ्रष्टाचार विरोधी गतिविधिमा संलग्न रहँदै आएको उल्लेख गर्दै सुशासन स्थापना आफ्नो मुख्य प्राथमिकता हुने दाबी।
विगतको निर्वाचन परिणाम र रणनीति
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ बाट पोखरेलले ११ हजार १४ मत प्राप्त गरेकी थिइन्। त्यसबेला निकटतम प्रतिस्पर्धीमध्ये एक रहेकी उनले यसपटक संगठन विस्तार र मतदाता सम्पर्कलाई तीव्र बनाउँदै ‘हलो’ चुनाव चिह्नमा मतदान गर्न अपिल गरेकी छन्।
राप्रपाको वैचारिक धार “सनातन हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र” लाई आधार बनाउँदै पोखरेलले ‘समृद्ध नेपालको आधार–उद्यमशीलता प्रवर्द्धन’ भन्ने नारासहित चुनावी अभियान अघि बढाएकी छन्।
काठमाडौं–२ मा यसपटकको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x