प्रभु नारायण चौधरी स्मृति प्रतिस्ठानद्वारा बुधिचाल प्रतियोगिता हुँदै

शुक्रबार २८ भदौ २०८१
काठमाडौं / प्रभु नारायण चौधरीको १४ औं स्मृति दिवसकाे उपलक्ष्यमा काठमाडौँको साउथ वेस्टर्न स्टेट कलेज वसुन्धरामा दुई दिने बुद्धिचाल(chess) प्रतियोगिता आजबाट सुरु भएको छ। स्मृती दिवसको अवसरमा आज पहिलो दिन १३० जना राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडीहरुको सहभागी रहेका छन ।

उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले गरेका थिए।उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले खेलाडीले अनुशासन पालना गर्नुपर्ने बताउदै अन्तरास्ट्रिय स्तरमा समेत देशको नाम राख्न सुझाव दिए। कार्यक्रममा बोल्दै प्रभु नारायण चौधरी स्मृति प्रतिष्ठानका अध्यक्ष बिद्यानन्द लेखिले प्रभु नारायण चौधरीको बारेमा प्रकाश पारेका थिए। कार्यक्रम आज र भोलि गरेर दुई दिनसम्म चल्ने बताइएको छ।

प्रतियोगितामा सहभागी सबैलाई सहभागिताको प्रमाण-पत्र प्रदान गर्नुकासाथै सबै विधाका विजेता खेलाडीहरुलाई जम्मा रु.१,०४,००० बराबरको नगद पुरस्कार , प्रमाणपत्र र ट्रफी प्रदान गर्ने अध्यक्ष लेखीको भनाई छ ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE