शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यबाट निस्कासित गर्न आयोगको सिफारिस

  • 53
  •  
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares

मङ्गलबार २५ असार २०८१

काठमाडौं  / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही गर्नेबारे पार्टी अनुशासन आयोगको प्रतिवेदन पेस भएको छ । केन्द्रीय समिति बैठकमा उक्त प्रतिवेदनबारे छलफल भएपछि कारबाहीको निर्णय लिइनेछ एक केन्द्रीय सदस्यले जानकारी दिए । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले केन्द्रीय समिति बैठक चलिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।

अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ । रास्वपाको केन्द्रीय समिति बैठकमा आयोगको सिफारिसमाथि छलफल गरिरहेको छ ।

असार २० गते बुधवार बसेको केन्द्रीय समितिले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्ताबाट निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो । आफूलाई निलम्बन गरेपछि ढकालले भने आफूलाई स्पष्टीकरणको समेत अवसर नदिएर कारबाही गरेको गुनासो गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x