शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

आज देशका यी क्षेत्रमा पानी पर्ने सम्भावना

Spread the love

शनिबार २६ बैशाख २०८३
काठमाडौ / जल तथा मौसम विज्ञान विभाग का अनुसार आज देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बदली हुने भएको हो।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
तराईका एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ। देशका अधिकांश पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षाको सम्भावना कायम रहने मौसमविद्ले बताएका छन्। बाँकी भूभागमा भने आंशिक बदली रहनेछ।
मौसमविद्ले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुन सक्ने जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x