शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

प्रधानमन्त्रीको नैतिक आधार गुम्यो, राजीनामा दिँदा हुन्छ: प्रचण्ड

Spread the love

शुक्रबार ४ माघ २०८१

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धनले सरकार चलाउने नैतिक आधार गुमाइसकेको बताएका छन्। संसद्‍मा प्रतिनिधित्व सात दलको तर्फबाट आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका हुन्।

आफूहरूले सरकार ढाल्ने भनेर कतै अभिव्यक्ति नदिएको उनको भनाइ छ। सरकारका गलत क्रियाकलापको निरन्तर प्रतिवाद भने गरिरहने उनले बताए।

वर्तमान सरकारले सत्तामा बसिरहने आधार गुमाएको निष्कर्ष विपक्षी सात दलको निष्कर्श रहेको प्रचण्डले सुनाए।

‘गठबन्धन गर्दा घोषणा गरेका काम कुनै अगाडि बढेका छैनन्। संविधान संशोधन त प्रधानमन्त्री आफैँले २०८७ सालमा भनिसकेपछि र अन्य सुशासनकाबारे भनिएका कुरा ठीक उल्टो गतिविधि गरिसकेपछि नैतिकरूपले सरकारमा बसिराख्ने आधार गुमाएको छ। नैतिकताको आधारमा भन्ने हो भने राजीनामा दिनु नै उचित हुन्छ,’ उनले भने।

विपक्षी दलले यथाशीघ्र संसदको हिउँदे अधिवेशन बोलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्। आफूहरूको आवाज नसुने विशेष अधिवेशन माग गर्ने चेतावनी विपक्षी दलहरूको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x