सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

बिहीबार १२ चैत २०८२
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ बजे हुने भएको छ। शपथ ग्रहणका लागि सबै तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सदस्यहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले केसीलाई शपथ गराइसकेका छन्।
शपथ कार्यक्रम सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुनेछ। सचिवालयका अनुसार ४७ जना सांसदले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्।
नेपालको संविधानअनुसार धारा ९९, धारा ९१ को उपधारा (५) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम शपथको व्यवस्था गरिएको छ।
सचिवालयले नवनिर्वाचित सदस्यहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि तथा पासपोर्ट साइजको फोटोसहित तोकिएको समयभन्दा दुई घण्टा अगाडि उपस्थित हुन आग्रह गरेको छ। साथै, औपचारिक वा सांस्कृतिक पोसाकमा उपस्थित हुन पनि अनुरोध गरिएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले १८२ सिट जित्दै पहिलो स्थान हासिल गरेको थियो भने नेपाली कांग्रेस ले ३८, नेकपा (एमाले) ले २५, नेपाल कम्युनिस्ट पार्टी ले १७, श्रम संस्कृति पार्टी ले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ५ सिट प्राप्त गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x