सुरक्षा घेरा तोड्न उक्साएर आन्दोलन अराजक बनाउने प्रसाईं फरार, मिश्र र राणा पक्राउ


काठमाडौ / शुक्रबार काठमाडौंमा भएको राजावादीको आन्दोलनमा प्रदर्शनकारीलाई उक्साएर आन्दोलन हिंसात्मक बनाएको आन्दोलनको कमान्डर घोषणा गरिएका व्यवसायी दुर्गा प्रसाईं फरार छन् ।
आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । उनीहरूलाई घरबाटै पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।
तर, राति अबेरसम्म उनले सामाजिक सञ्जालमा भने अपडेट गरिरहेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी वृद्ध भएका कारण घरमै नजरबन्दमा राखिएको छ ।
समितिका प्रवक्ता स्वागत नेपाललाई पनि पुतलीसडकबाट पक्राउ गरिएको छ । तोडफोड र आगजनीमा संलग्न प्रदर्शनकारी र नेतासहित शुक्रबार रातिसम्म ५५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE