शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

वामपन्थी नेता नेपालको निधन

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

मङ्गलबार २३ बैशाख २०८२

काठमाडौ / वामपन्थी  नेता  पुर्व मन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार दिउँसो सवा चार बजे  निधन भएको छ। साहित्यकार एवं पूर्व मन्त्रीसमेत रहेका नेपालको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।

नेपालको वामपन्थी आन्दोलनका कुशल संगठक मध्ये पर्ने नेता नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए।

रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए। उनी एमालेबाट सूचना तथा संचार, शिक्षा मन्त्रीसमेत भैसकेका व्यक्ति हुन्। उनले नेपाली साहित्यमा संजय थापाको नामबाट कलम चलाउदै आएका थिए। नेपका एमालेका पूर्व स्थायीकमिटी सदस्यसमेत रहेका नेता नेपालको स्वास्थ्यमा जटिलता आएपछि सोमबार नर्भिक अस्पताको आईसीयूमा उपचार गरिदै आएको थियो।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x