शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

जेनजी हत्यारा, भ्रष्ट ओली र लेखकहरुसंग बयान लिन नसक्ने कार्की  सरकार असफल भयो : सह अध्यक्ष तिलक थापा

  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

 

शनिबार २० मंसिर २०८२
सुनसरी / आम जनता पार्टी (आजपा)का सहअध्यक्ष तिलक थापामगरले जेनजी आन्दोलनसंग धोका भएको बताएका छन् । जेनजी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको माग सम्बोधन गर्न असफल भएको टिप्पणी उनले गरे ।

सुनसरीको इनरुवामा आज आजपा सुनसरी क्षेत्र नं. ३ को क्षेत्रिय भेलालाई सम्बोधन गर्दै संविधान सभाका सदस्य समेत रहेका थापामगरले जेनजी आन्दोलनको माग सम्बोधन गर्न असफल वर्तमान सरकारले आन्दोलनलाई नै बदनाम गराएको बताए ।

‘जेनजी आन्दोलनको बलमा सुशीला कार्की नेतृत्वमा सरकार गठन भएको छ । तर यो सरकारले जेनजी आन्दोलनको माग सम्बोधन गर्न असफल भएको छ । असफल मात्रै नभई सरकार जेनजी आन्दोलनलाई बदनाम गर्ने काम गरेको छ,’ थापामगरले भने, ‘अहिले जेनजी आन्दोलनकारीलाई नै धरपकड गर्ने, पक्राउ गर्ने तर जेनजी हत्यारा, भ्रष्टाचारीहरुलाई ब्यान समेत लिन सकेको छैन । यस्तो लुते सरकारको के काम ?’

जेनजी आन्दोलनको माग सम्बोधन गर्दै युवाहरुको भावना अनुसार सरकारले यथाशिघ्र युवालाई ताकीताकी गोली हान्न आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखकहरुलाई पक्राउ गर्नुपर्ने भए पनि सरकारसंग त्यो हुती नभएको टिप्पणी उनले गरे ।

मुलुकमा सरकारपिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त भएको बताउदै उनले मौलापुर विकास मोडेल अनुसार शुन्य करको नीति सरकारले लिनुपर्ने बताए । यस्तै भ्रष्टाचारी, लुटेरालाई सरकारले कारवाही गर्न नसकेकोमा उनले दुख व्यक्त गरेका छन् ।

आजपा नेता लुक्मा मन्सुरीको अध्यक्षता र बद्रि पासवानले सञ्चालन गरेको सो भेलामा आजपा कोशी प्रदेशका सहइन्चार्ज जुडिलाल मोची, कोशी प्रदेशका अध्यक्ष खगेन्द्र भण्डारी, जनजाती महासंघका संयोजक निशान तामाङ, आजपा सचिवालय सदस्य भानु कोइराल, केन्द्रीय सदस्य रोहन साह लगायतको विशेष सहभागिता रहेको थियो । यसैगरी भेलाले रोहन साहको अध्यक्षतामा ५१ सदस्यीय सुनसरी क्षेत्र नं. ३ को क्षेत्रिय कमिटी गठन गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x