शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

टेरामक्स भ्रष्टाचार मुद्दा: मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध सुनुवाइ तेस्रो दिन पनि जारी

Spread the love

 

काठमाडौं, १८ असार – टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा तेस्रो दिन पनि ‘हेर्दाहेर्दै’मा जारी रहेको छ।

न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। बस्नेतमाथि आवश्यक अध्ययनबिनै टेरामक्स प्रविधि खरिदको निर्णय गराएको आरोप छ।

यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झामाथि कानुनी पूर्वाधार तयार नभएको अवस्थामा टेरामक्स प्रणाली लागू गर्न खोजेको आरोप लगाइएको छ। प्रारम्भिक अध्ययनले सम्बन्धित कानुन बनेपछि मात्र कल आदानप्रदान तथा डेटा खपत अनुगमन गर्न सकिने सुझाव दिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x